आज: २०८१ फागुन ६, मंगलबार | Tue, 18, Feb, 2025

दक्षिण कोरियाको सुओन सहरको पर्यटन दूतमा साहारा मोक्तान नियुक्त


  • चौतारीपाटी
  • २०८० फागुन २०, आईतबार मा प्रकाशित ११ महिना अघि
  • २२२ पाठक संख्या
  • काठमाडौं । दक्षिण कोरियाको सुओन सरहका लागि सामाजिक क्षेत्रमा क्रियाशील साहारा मोक्तान पर्यटन दूतमा नियुक्त भएकी छन् ।सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २०८० साल फागुन १३ गतेको मन्त्रीस्तरीय निर्णयबाट मोक्तान दक्षिण कोरियाको सुओन सहरका लागि पर्यटन दूत नियुक्त भएकी हुन् ।

    मन्त्रालयले बिहीबार प्रेस विज्ञप्तिमार्फत् पर्यटन प्रवद्र्धक नियुक्ति सम्बन्धी कार्यविधिअनुसार विभिन्न देशका लागि २९ जना पर्यटन दत नियुक्तिको जानकारी समेत दिएको छ ।

    काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका वडा नं.१ मा जन्मिएकी मोक्तान आगामी २ बर्षका लागि पर्यटन दूतमा नियुक्त भएकी हुन् ।

    उनी पर्यटकीय प्रवद्र्धन तथा सामाजिक जागरणका क्षेत्रमा क्रियाशील छिन् । उनी विगत ५ वर्षदेखि दक्षिण कोरियाको योङगिन सहरमा बस्दै आएकी छिन् ।

    पर्यटक दूतमा नियुक्त भएसँगै उनले नेपालको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि आफ्नो तर्फबाट सक्ने प्रयास र काम गर्ने बताइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट