आज: २०८० जेष्ठ २८, आईतबार | Sun, 11, Jun, 2023

वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने


  • चौतारीपाटी
  • २०७९ माघ ४, बुधबार मा प्रकाशित ४ महिना अघि
  • ८५ पाठक संख्या
  • नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ।

    वंशाणुगत जण्डिसका बिरामी पुनको कलेजोमा धेरै जटिलता आएकाले प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन्।

    वंशाणुगत कारणले कलेजोमा समस्या देखिएकाले पुनको परिवारलाई प्रत्यारोपणका लागि उपयुक्त अस्पताल खोज्नसमेत भनिएको उनको उपचारमा संलग्न कलेजो तथा पेट रोग विशेषज्ञ प्राध्यापक डाक्टर युवराज शर्माले सेतोपाटीलाई बताए।

    ‘उहाँले यसअघि पनि बाहिर गएर धेरै पटक उपचार गर्नुभएको छ। अब उपचारले मात्रै कलेजोमा सुधार आउँदैन,’ उनले भने,‘अब उहाँसँग मिल्ने व्यक्तिको कलेजो खोजेर प्रत्यारोपण गर्नुपर्छ।’

    नेपालमा त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजो प्रत्यारोपण हुन्छ।

    काठमाडौं बाहिर पनि फाट्टफुट्ट कलेजो प्रत्यारोपण भएको छ। तर थोरै मात्रामा मात्रै प्रत्यारोपण भइरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट