आज: २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

महोत्तरीमा सामुदायिक विद्यालयबाट एसईईमा सहभागी छात्रा अधिक


  • चौतारीपाटी
  • २०८० चैत्र १५, बिहिबार मा प्रकाशित १ महिना अघि
  • ६६ पाठक संख्या
  • महोत्तरी । माध्यमिक शिक्षा परीक्षा(एसईई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् । जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक सय ४९ छात्रा एसइईमा सहभागी भएका हुन् । सामुदायिक विद्यालयका कूल परीक्षार्थीमा छात्रको सङ्ख्या तीन हजार नौ सय आठ रहेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ ।

    संस्थागत र प्राविधिक समूहतर्फ भने छात्रको सङ्ख्या बढी छ । जिल्लाका ३० संस्थागत विद्यालयबाट एसईईमा चार सय ७७ छात्र सहभागी छन् । यिनमा छात्राको सङ्ख्या दुई सय ९७ मात्र छ । यसैगरी प्राविधिक समूहतर्फ पनि छात्र बढी छन् । प्राविधिक समूहतर्फ तीन सय २६ छात्र र छात्रा एक सय ५८ छन् ।

    जिल्लाका एक सय दुई सामुदायिक तथा ३० संस्थागतसमेत एक सय ३२ माध्यमिक विद्यालयका जम्मा नौ हजार चार सय ३१ परीक्षार्थी एसइईमा सामेल भएका छन् । परीक्षार्थीमध्ये छात्र चार हजार सात सय ७० र छात्रा चार हजार छ सय ६१ रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय महोत्तरीका निमित्त प्रमुख प्रतिभा साहले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट