आज: २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

आयरल्याण्ड ‘ए’द्वारा नेपाललाई १७५ रनको लक्ष्य प्रस्तुत


  • चौतारीपाटी
  • २०८० चैत्र २३, शुक्रबार मा प्रकाशित ३ हफ्ता अघि
  • ९९ पाठक संख्या
  • काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेट खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ७४ रन मात्रै बनाउन सक्यो ।

    उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले । उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौको सहयोगमा ५० रन बनाए । कप्तान निल रकले ३८ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए । साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।

    नेपाल ‘ए’का लागि रिजन ढकाल र सहाब आलमले तीन÷तीन विकेट लिए भने मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिए ।

    प्रतियोगिताको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले पराजित भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट