आज: २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

तामाङ सेलो गीत ‘डम्फुहै बजाईदेउ च्याङबा’ सार्वजनिक (भिडियो सहित)


  • चौतारीपाटी
  • २०८० आश्विन १४, आईतबार मा प्रकाशित ७ महिना अघि
  • ३१७ पाठक संख्या
  • काठमाडौँ । गायिका सुमिना लोको स्वर रहेको तामाङ सेलो गीत ‘डम्फुहै बजाईदेउ च्याङबा’ सार्वजनिक भएको छ । गीतको भिडियो ‘सदावहार टिभी’ युट्युब च्यानलमार्फ सार्वजनिक गरेको गरेको हो ।

    शुक्रबार ललितपुरको लगनखेलस्थित सेफ क्याफेमा सदावहार टिभी प्रा.लि का प्रबन्ध निर्देशक विजय तामाङको अध्यक्षतामा, प्रमुख अतिथि जसपा नेपालको युवा नेता तथा गुम्बा बिहार संरक्षण संघ ललितपुरका अध्यक्ष दिपक दोर्जे लामा,अतिथिहरु जसपा तामाङ संघ नेपालको केन्द्रिय अध्यक्ष पन्चराम लो, नेपाल राष्ट्रिय घेदुङका केन्द्रिय प्रमुख कान्छा ब्लोन तामाङ र नेपाल तामाङ घेदुङ महाभारत गाउँपालिका कार्यसमिति उपाध्यक्ष गंगा सिंतानले संयुक्तरुपमा ‘डम्फुहै बजाईदेउ च्याङबा’ को विमोचन गरेका हुन् ।

    गीतमा शब्द सिंङ्ग मोक्तान र विजय लामाको रहेको छ भने संगीतरएरेन्ज अर्पण थिङको र मिक्सिङ आरबी सिंतानको रहेको छ । सो गीतको भिडियोमा तामाङ समुदायको महानायक अमिर दोङ, सुनिल ब्लोन डोल्मा शेर्पा र रस्मी तामाङले अभिनय गरेका छन् । गीतलाई योद्ध लामाले निर्देशन गरेका छन् भने त्रीलोक लामाको छायांकन र सम्पादन रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट