आज: २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

नेप्से परिसूचकमा झिनो गिरावट


  • चौतारीपाटी
  • २०८० चैत्र २२, बिहिबार मा प्रकाशित ३ हफ्ता अघि
  • ८८ पाठक संख्या
  • काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार चार दशमलव शून्य पाँचमा अङ्कमा सीमित भएको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलव ४२ मा झरेको छ । विभिन्न कम्पनीका ६९ लाख ६३ हजार तीन सय ५९ कित्ता शेयर रु तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार तीन सय सातमा कारोबार भएको छ ।

    कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु २३ करोड ३२ लाख ९१ हजार छ सय १२ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु १८ करोड ३८ लाख ६७ हजार चार सय, सर्वोत्तम सिमेन्ट रु १८ करोड २४ लाख ७१ हजार पाँच सय ५६, सूर्यज्योति लाइफ इन्स्योरन्स रु छ करोड २३ लाख र सोनापुर मिनरल्स रु छ करोड दुई लाख ९३ हजार आठ सय ५३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    नेप्सेका अनुसार मानुषी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै मनकामना स्मार्ट लघुवित्तको नौ दशमलव ९९, गुराँस लघुवित्तको नौ दशमलव ९७, तारागाउँ रिजेन्सी होटलको नौ दशमलव ९०, रविन नेपाल लघुवित्तको शेयर मूल्य नौ दशमलव २१ प्रतिशतले बढेको छ ।

    साथै पिपल्स पावरको नौ दशमलव शुन्य पाँच, सर्वोत्तम सिमेन्टको पाँच दशमलव ८५, रिभर फल्स पावरको चार दशमलव शून्य नौ, इमर्जिङ नेपालको तीन दशमलव ४६ र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य तीन दशमलव ३१ प्रतिशतले घटेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट