आज: २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

कपालमा चाया पर्ने नदिन यस्ता छन् घरेलु उपायहरु


  • चौतारीपाटी
  • २०८० मंसिर १२, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • २८३ पाठक संख्या
  • जाडोमा कपालमा चाया पर्छ । तुलनात्मक रुपमा बढी जाडो याममा चायाले सताउँछ । जाडोमा दिनदिनै नुहाउन संभव हुँदैन । त्यसमाथि टाउकोलाई न्यानो बनाउन टोपी लगाइन्छ, स्कार्फले टाउको ढाकिन्छ ।

    यसले गर्दा कपालको सौन्दर्य रुखो हुन्छ । चाया पर्छ । यतिबेला खास हेरचाहको अभावमा कपालमा अनेकौ समस्या आउँछ । चाया पनि यसैमा एक हो । यो टाउकोको छालामा रहेका मृत कोशिकाहरुका कारण पैदा हुन्छ ।

    चायाले कपालको सौन्दर्य बिगार्छ, कपाल र्झन थाल्छ र टाउको चिलाउँछ । केहि घरेलु उपाय छ, जसले कपालको तमाम समस्याबाट छुटकारा पाउन सकिन्छ । यहाँ हामीले कपालको सफाइ र स्वास्थ्यका लागि सिलसिलाबद्ध विधी पेश गरेका छौं ।

    १.स्याम्पुले नुहाउने :

    चायाको सबैभन्दा ठूलो कारण हो टाउकोको छाला राम्रोसँग सफा नहुनु । अधिक पसीना उत्पन्न गर्ने ग्रन्थिहरु बढी सक्रिय हुँदा पनि यो समस्या उत्पन्न हुन्छ । त्यसैले चायाको समस्या हुँदा कपालको सफाईमा विशेष ध्यान दिनुपर्छ । हप्तामा दुईदेखि तीन पटक कपाललाई कुनै राम्रो हर्बल स्याम्पुले धुनुपर्छ ।

    २.तेल मालिस :

    कपालको सबै समस्या, खासगरी चायाको सबैभन्दा प्रभावकारी उपचार हो तेल मालिस । तेल मालिसबाट कपाललाई पोषण मिल्छ । टाउकोको मांशपेशीहरु उत्तेजित हुन्छन् र रक्तसञ्चार पनि तिब्र हुन्छ । र, कपाल स्वस्थ, सुन्दर, बाक्लो, लामो बन्छ । त्यसैले हप्तामा एकपटक तेल लगाएर कपालको मालिश गर्नु अति आवश्यक छ ।

    ३. बाफ :

    मालिसपछि कपालबाट फोहोरमैला सफा गर्नका लागि बाफ दिनुपर्छ । यसका लागि तातो पानीले तौलिया भिजाएर कपालमा राम्रोसँग लपेट्ने । बाफबाट कपालको जरामा फँसेको मैला तथा मृत कोशिकाहरु निस्कन्छन् र तेल पनि राम्ररी टाउकोको छालाभित्र पस्छ । जसले कपालको जरा बलियो बन्छ र चायाको समस्या पनि हट्छ ।

    ४. कागतिको रस :

    यो सिजनमा कागती पाइन्छ । कागतिको रसमा भिटामिन सी, ए, बी, फस्फोरस र एन्टिअक्सीडेन्ट पाइन्छ, जसले कपाल चमकदार र बाक्लो बन्छ । यदि कपालमा चाया छ भने तातो तेलमा कागतिको रस हालेर मालिस गर्दा चाया हट्छ । साथै कपाल र्झन पनि रोकिन्छ । नुहाउनुभन्दा अगाडि कागतिको रसले टाउको मालिस गरेर कपाल धुनाले पनि फाइदा पुग्छ ।

    ५. दही र मरिच :

    दहीको सेवनले टाउकोको छालाको रुखोपन हटाउँछ । यसले चायाको समस्या पनि हट्छ । दहीमा मरिचको चूर्ण मिलाएर कपाल धुनुपर्छ । यो क्रिया हप्तामा दुई पटक गरौं । यसले चाया हट्ने त छँदैछ, केस नरम, कालो र बाक्लो पनि हुन्छ ।

    ६. अमला :

    स्वस्थ्य तथा सुन्दर कपालका लाग क्यारोटिन आवश्यक तत्व हो जुन अमलामा पाइन्छ । कपाललाई पोषण दिन अमलाको तेल लगाउन सकिन्छ । वा तुलसी र अमलाको पाउडरको लेप बनाएर यस लेपद्वारा टाउकोमा मालिस गर्न सकिन्छ ।
    र, लगभग आधा घन्टाका लागि यो लेप लगाइरहनुपर्छ । यसपछि सेम्पुले कपाललाई राम्रोसँग धुनुपर्छ । चायाको समस्या समाधानका लागि यो एकदमै प्रभावकारी उपाय हो ।

    ७. सोइजन :

    सोइजनको पातको रस लगाउँदा चाया खत्तम हुन्छ । सोइजनलाई उमालेर तयार गरिएको लेदो नुहाउँदा टाउकोमा सेम्पुको रुपमा प्रयोग गरियो भने यसले बजारमा उपलब्ध कुनै पनि भिटामिन ई युक्त सेम्पुले भन्दा राम्रो काम गर्छ ।

    ८. मेथीबाट उपचार :

    मेथीमा निकोटिनिक एसिड वा प्रोटीन पाइन्छ जसले कपालको जरालाई पोषण दिन्छ । यो लेपलाई आफ्नो कपाल र शिरमा कमसेकम ३० मिनेटका लागि लगाउनुपर्छ । ३० मिनेटपछि कपाललाई कुनै राम्रो सेम्पुले धुनुस । यसबाट चाया हट्नेछ, कपाल मजबुत हुनेछ र टुट्नबाट बच्नेछ ।

    ९. तिलको तेल :

    तिलको तेल लगाउँदा कपाल मकबुत, घना, लामो हुन्छ र साथै चाया पनि हट्छ । यसका लागि कपालमा तिलको तेलले मालिस गरौं । मालिसपछि कपाललाई तातो तौलियाले बफ्याउनु पर्छ । पाँच मिनेटसम्म यसो गर्नुस र त्यसपछि टाउका धुनुपर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट