आज: २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै


  • चौतारीपाटी
  • २०८० चैत्र १९, सोमबार मा प्रकाशित १ महिना अघि
  • ९१ पाठक संख्या
  • मनहरी (बागमती) । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत लिँदैछन् ।

    आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई आज बागमती प्रदेशसभामा छलफल गराउने निर्णयसहित कार्यसूची तय गरेको थियो । प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार उक्त बैठकले मुख्यमन्त्री जम्कट्टेलले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

    बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई छलफल गरी निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि विभिन्न दलका प्रदेशसभा सदस्यले धारणा राख्ने सचिव खड्काले बताए ।

    नेपाली कांग्रेसले प्रदेशसरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको हो । सोहीअनुसार उनले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराउनुभएको थियो । सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई प्रदेशसभाका ५६ सदस्यको मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात, हाम्रो नेपाली पार्टीका दुई, कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका तीन सदस्य छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट