आज: २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

सन्दीप लामिछाने प्रकरण : अस्पतालले पठायो पीडित किशोरी १८ वर्ष नाघेको प्रमाण


  • चौतारीपाटी
  • २०७९ पौष २५, सोमबार मा प्रकाशित १ साल अघि
  • १५६ पाठक संख्या
  • काठमाडौ : नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरीको जन्म प्रमाण अस्पतालले पठाएको छ ।
    आज जिल्ला अदालत काठमाडौंलाई नारायणी उपक्षेत्रीय अस्पतालले पठाएको जन्मदर्तामा किशोरीको उमेर २०६१ साल जेठ १८ गते देखिएको सन्दीप लामिछानेका एक वकिलले बताए ।
    पीडित किशोरी नाबालिग वा बालिग भन्ने विषयमा विभिन्न तर्क आएपछि जिल्ला अदालतले अस्पतालबाट जन्म मिति ल्याउन आदेश दिएको थियो ।
    सन्दीपलाई हिरासतमा राख्न म्याद थप भएपछि काठमाडौं जिल्ला अदालतबाट बाहिरिने क्रममा अधिवक्ता सुधा रिमालले आफूहरूसँग ती किशोरी नाबालिग नभएको प्रमाण सुरक्षित रहेको दाबी गरेकी थिइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट