आज: २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

निर्माण सामग्री अभावमा आठ अर्बका आठ हजार आयोजना ठप्प


  • चौतारीपाटी
  • २०७९ माघ ९, सोमबार मा प्रकाशित १ साल अघि
  • २३५ पाठक संख्या
  • गृह मन्त्रालयको आदेशपछि देशभरका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द भएपछि त्यसको असर निर्माण क्षेत्रमा परेको छ । बालुवा, ढुंगा र गिटीजस्ता निर्माण सामग्रीको अभावमा हिमाली र पहाडी क्षेत्रका न्यून आयोजनाबाहेकका अन्य अधिकांश आयोजनाको काम ठप्प भएको छ ।
    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार सरकारको अव्यावहारिक कदमले देशभरका आठ अर्बका आठ हजार आयोजनाको निर्माण कार्य प्रभावित बनेको छ । त्यसभित्र राष्ट्रिय गौरवको आयाेजनादेखि महत्वाकांक्षी पुल, सडक, सुरुङमार्गलगायतको काम ठप्प छ । बालुवा तथा ढुंगाखानी बन्द भएपछि बजारमा निर्माण सामग्रीको हाहाकार मच्चिएको उनको दाबी छ ।
    सरकारले अव्यावहारिक तवरले निर्माण क्षेत्रलाई ठप्प पारेको छ । यसले देशलाई नै घाटा भइरहेको छ । ठुल्ठूला विकास निर्माणका काम ठप्प छन् । बजारमा निर्माण सामग्रीको हाहाकार छ,’ महासंघका अध्यक्ष सिंहले भने, ‘यसमा सरकारले व्यावहारिक समस्या र घाटालाई हेर्न जरुरी छ ।’ उनले निर्माण तथा उत्खनन क्षेत्रलाई प्रभावकारी बनाउन नयाँ नियम लागू गरेर भए पनि निर्माण सामग्रीमा लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्नुपर्ने माग राखे ।

    निर्माण क्षेत्र ठप्प बनेपछि यस क्षेत्रका करिब २० लाख कामदार बेरोजगार भएका छन् । निर्माण कार्यमै प्रयोग हुने तीन हजार चार सय टिपर थन्किएका छन् । पाँच हजारभन्दा बढी डोजर र अन्य निर्माणका उपकरण पनि थन्किएको व्यवसायीले बताएका छन् ।
    सरकारले बालुवा खानी, क्रसर उद्योग र ढुंगाखानी बन्द गर्दा काठमाडौंमा बालुवा, गिटी र ढुंगाको मूल्य आकासिएको छ । यसअघि एक ट्रक बालुवालाई २० हजार रुपैयाँ पर्ने भए पनि अहिले ३० हजारभन्दा महँगो भएको निर्माण व्यवसायी बताउँछन् । प्रहरीले ढुवानीमा समेत कडाइ गरेपछि कतिपय डिपोले बालुवा र गिटीको डिपो बन्द गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट