आज: २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

बाजुरामा भूकम्पले २५ घर भत्किए


  • चौतारीपाटी
  • २०७९ माघ १०, मंगलबार मा प्रकाशित १ साल अघि
  • ११५ पाठक संख्या
  • बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण बाजुरा जिल्लाका विभिन्न ठाउँमा २५ घर भत्किएको जानकारी प्राप्त भएको छ । भूकम्पका कारण जिल्लाभर भएको घटनाको विवरण संकलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका वडा न २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    मंगलबार दिउँसो भूकम्प गएको बेला जंगलमा घाँस काटिरहेको बेला माथिबाट ढुगां खस्दा उनको मृत्यु भएको स्थानीयले बताएको प्रहरीको भनाइ छ ।

    त्यसैगरी, भेडा चराउन गएका गौमुल गाउँपालिका वडा न १ का एक जना घाइते भएका छन् । जंगलमा भेडा चराउन गएको बेला पहिरो जाँदा ५० देखि ६० भेडा मरेको र गोठालो गएका रामदल बोहरा घाइते भएको स्थानीयले बताएका छन् ।

    खप्तड छेडेदह वडा नम्बर ५ मा दुईवटा छाना भत्किएको र गिठे लुहारको घर भत्किएको जानकारी प्राप्त भएको छ । त्यसैगरी, मष्टेश्वरी माध्यमिक विद्यालयको भवन भत्केको गाउँपालिकाले जनाएको छ । सोही गाउँपालिका ४ का कल्चु सार्की र गोपाल दमाईंको घर भत्किएको वडा अध्यक्ष दल रावतले बताएका छन् । थप विवरण आउन बाँकी रहेको गाउँपालिपालिकाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट