आज: २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

रवि लामिछानेले लिए नेपाली नागरिकता


  • चौतारीपाटी
  • २०७९ माघ १५, आईतबार मा प्रकाशित १ साल अघि
  • १५७ पाठक संख्या
  • काठमाडौँ । रवि लामिछानेले नेपाली नागरिकता लिनुभएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि दर्ता गरेको र उनले आज दिउँसो नागरिकता लिएको जानकारी दिए । साढे ११ बजेतिर कार्यालय पुग्नुभएका उनले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।
    सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद बदर गरेको थियो । सो फैसलासँगै उनले सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको पद खारेज भएको थिए ।
    उनले आज प्रक्रिया पूरा गरी पुनः नागरिकता लिनुभएको हो । अमेरिकी नागरिकता त्यागे पनि लामिछानेले नेपाली नागरिकताको पुनः प्राप्तिका लागि निवेदन दिनुभएको थिएन । लामिछाने गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट