आज: २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य रु ३ ले वृद्धि


  • चौतारीपाटी
  • २०७९ माघ २३, सोमबार मा प्रकाशित १ साल अघि
  • २१७ पाठक संख्या
  • नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै मूल्यवृद्धि गरेको हो ।

    आज बेलुकी विज्ञप्ति जारी गर्दै निगमनले भारतबाट मूल्य बढेर आएको तथा निगमलाई घाटा रहेकोले पेट्रोल र डिजेलमा प्रतिलिटर तीन÷तीन रुपैयाँका दरले मूल्य वृद्धि गरिएको जनाएको छ ।

    उसले इन्डियन कर्पोरेशन लिमिटेडको बक्यौता एवं सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन निगमलाई अझै चुनौती रहेको जिकिर गरेको छ ।

    निगमको पछिल्लो निर्णयसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८, डिजेल र मट्टितेलको प्रतिलिटर एक सय ७५ रुपैयाँ पुगेको छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट