आज: २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

प्रहरीले कुटेको भन्दै वीर अस्पताल अगाडि चिकित्सकहरूको प्रदर्शन


  • चौतारीपाटी
  • २०७९ माघ २८, शनिबार मा प्रकाशित १ साल अघि
  • ६५० पाठक संख्या
  • काठमाडौं : प्रहरीले कुटपिट गरेको भन्दै वीर अस्पतालका चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन्। ड्युटीमा रहेका बेला प्रहरीहरू आएर आफूहरूमाथि कुटपिट गरेको भन्दै उनीहरूले अस्पताल बाहिर सडकमा विरोध प्रदर्शन गरेका थिए।
    चिकित्सकहरूको विरोधका कारण केहीबेर यातायात अवरुद्ध भएको थियो। राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले अभद्र व्यवहार गर्दै कुटपिट गरेको उनीहरूको आरोप छ। राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. जनीथ सिंह प्रहरीको कुटाइबाट घाइते भएका छन्।

    वीरका चिकित्सक जाफिर आलमले अस्पतालको परिचय पत्र देखाउँदा देखाउँदै प्रहरीले कुटपिट गरेको बताए। घटनामा संलग्नलाई कारबाही नगरेसम्म अस्पतालमा सेवा सुचारु गर्नसक्ने अवस्थामा नरहेको उनले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट