आज: २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

प्रशासकीय अधिकृतलाई मन्त्री मोदीको निर्देशन- कानुनका छिद्र देखाएर दुःख नदिनू


  • चौतारीपाटी
  • २०७९ फागुन ४, बिहिबार मा प्रकाशित १ साल अघि
  • १३७ पाठक संख्या
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेका छन्। उनीहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन्।

    छलफलका क्रममा प्रमुख प्रशासकीय अधिकृतहरूले कार्यसम्पादनका क्रममा आफूहरूले भोगिरहेको कानुनी जटिलतालगायतका विषयमा धारणा राखे।

    आआफ्नो पालिकामा सञ्चालन भइरहेको काम, प्राप्त उपलब्धि र अनुभव पनि आदानप्रदान गरे। छलफलपछि मन्त्री अमनलाल मोदीले सेवाग्राहीलाई प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न निर्देशन दिए।

    राष्ट्रसेवक कर्मचारीहरूले सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको गुनासो बढिरहेको बताउँदै मन्त्री मोदीले जनतालाई कसरी सहज र सरल ढंगबाट सेवा प्रदान गर्ने भन्नेतिर ध्यान दिन निर्देशन दिए।

    ‘कानुनका छिद्र देखाएर सेवाग्राहीहरूलाई राष्ट्रसेवक कर्मचारीहरुले अनावश्यक दुःख दिने गरेको गुनासो सुनेको छु, प्रधानमन्त्रीज्यूले पनि यो समस्या हटाउँछु भनेर संसदमा भन्नुभएको छ,’ उनले भने, ‘कानुनका छिद्र देखाएर जनतालाई दुःख दिने नियत नराख्नुहोला, कानुनसम्मत कामहरू प्रभावकारी ढंगले सम्पादन गर्न म निर्देश गर्न चाहन्छु।’

    छलफलमा प्राप्त समस्या र सुझावहरूलाई मन्त्रालयले कार्ययोजना बनाएर प्रभावकारी कार्यसम्पादनको वातावरण बनाउने मन्त्री मोदीले बताए। छलफलमा मन्त्रालयका सचिव कृष्णहरि पुस्करले कानुनभन्दा बाहिर गएर कुनै पनि निर्णय नगर्न निर्देशन दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट