आज: २०८० आश्विन १३, शनिबार | Sat, 30, Sep, 2023

जनताको हितमा ऐन ल्याउनेछु: मन्त्री मोदी


  • चौतारीपाटी
  • २०७९ फागुन ४, बिहिबार मा प्रकाशित ७ महिना अघि
  • ८८ पाठक संख्या
  • काठमाडौं, फागुन ४ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती ऐनको विषयमा सबै मन्त्रालयका प्रशासन महाशाखाका प्रमुखसँग मन्त्रालयको सभाहलमा छलफल गर्नुभएकाे छ ।

    भावी पुस्ताको भविष्यसँग मुलुक र जनताको हितलाई केन्द्रमा राखेर ऐन ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयाे ।
    मन्त्री मोदीले ऐनको विषयमा यसअघि पूर्वप्रधानमन्त्री, मन्त्रालयका पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, पूर्वसचिव, विज्ञ, कर्मचारी संगठनका पदाधिकारीलगायतसँग परामर्श गरिसक्नुभएकाे छ।

    छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरी पुष्करले छलफलमा प्राप्त सकारात्मक सुझावलाई मन्त्रालयले ग्रहण गर्ने बताउनुभयाे ।

    विज्ञका रुपमा धारणा राख्नुहुँदै त्रिभुवन विश्वविद्याय, जनप्रशासन क्याम्पसका सहप्रा डा. नरेन्द्रराज पौडेलले कर्मचारी क्षेत्रमा नैतिकताको खडेरी रहेकाे बताउनुभयाे।

    छलफलमा निजामती ऐनमा छड्के प्रवेश, श्रेणीगत वा तहगत व्यवस्था, आरक्षणलगायतका सन्दर्भमा धारणा राख्नुभएकाे थियाे ।

    यस्तै, सेवामा रहेका निजामती कर्मचारीलाई अन्यायमा हुने गरी ऐन नल्याउन महाशाखाका प्रमुखहरुले सुझाव दिनुभएकाे थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु