आज: २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

ओली–दाहालबीच आज निर्णायक वार्ता हुँदै, कांग्रेससँग पनि छलफल


  • चौतारीपाटी
  • २०७९ फागुन १२, शुक्रबार मा प्रकाशित १ साल अघि
  • १७३ पाठक संख्या
  • काठमाडौं
    राष्ट्रपति चुनाव र अहिलेको सत्ता गठबन्धनको भविष्यलाई लिएर प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सत्ता साझेदार मध्येकाे सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्दैछन् ।

    आज दिउँसाे ओली–दाहाल भेटवार्ताअघि पुरानाे गठबन्धनका दलहरूबीच पनि निर्णायक वार्ता हुने भनिएकाे छ । बिहीबार तीन दल (माओवादी, एस र जसपा)का शीर्ष नेताहरूकाे बैठकपछि प्रधानमन्त्री दाहालले राष्ट्रपति चुनावबारे सबै दलकाे सबै दलसँग छलफल चलिरहेकाे र शुक्रबार थप छलफल हुने बताएका थिए ।

    यद्पि तीन दलकाे बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिका लागि अगाडि सार्ने सहमति भएकाे बताइएकाे छ । याे सहमतिबारे आज कांग्रेस र एमालेसँग निर्णायक वार्ता गर्ने तयारी भइरहेकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट