आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ।


  • चौतारीपाटी
  • २०८० जेष्ठ २, मंगलबार मा प्रकाशित १ साल अघि
  • ६४५ पाठक संख्या
  • नेपाल आयल निगमले पेट्रोलिम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ। निगमले प्रकाशित गरेको मूल्य अनुसार पेट्रोल र एलपी ग्यासको मूल्य स्थिर रहेको छ भने डिजेल र मट्टितेलको मूल्य घटेको छ।
    ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट जेठ २ गतेमा प्राप्त खरिद मूल्यसूची बमोजिम पेट्रोल र डिजेलको मूल्यमा केही रकम घटेर आएको थियो। तर, नेपाल आयल निगमले भने पेट्रोलको मूल्य स्थिर राखि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो।

    जेठ २ गते राती १२ बजेदेखि लागु हुने नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल १५५ रुपैयाँ, मट्टितेल १६५ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिण्डर १ हजार ८०० रुपैयाँ रहेको छ।

    ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौला एवं नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती नै रहेकोले उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले मूल्य समायोजन गरेको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट