आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पुर्ववडाध्यक्ष तेमाल सिं तामाङ र पदम नारायण तामाङ विरुद्ध अख्तियारमा उजुरी


  • चौतारीपाटी
  • २०८० भाद्र ५, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • १६३८ पाठक संख्या
  • काभ्रे । तेमाल गाउँपालिका वडा नं. २ का पुर्व वडाध्यक्ष तेमाल सिं तामाङ र नेकपा (एकीकृत समाजबादी) स्थानीय नेता पदम नारायण तामाङ विरुद्ध अख्तियामा उजुरी परेको छ ।

    सोही वडास्थित याङबेल खोला लप्से खानेपानी निर्माण शिर्षकमा आर्थिक वर्ष २०७६/०७७ मा वडा स्तरीय विनियोजित रकम देखाइ जिल्ला समन्वय समितिको कार्यालयबाट विनियोजित रकम काम नगरी उपभोक्त समितिको अध्यक्ष पदम नारायण तामाङ र तत्कालीन वडाध्यक्ष तेमाल सिं तामाङको मिलोमतोमा रकम हिनामिना गरेको आरोपमा अख्तियारमा उजुरी परेको हो ।

    खानेपानी निर्माणको लागि वडाले २५ लाख बजेट विनियोजन गरेको थियो भने सोही योजनाका लागि जिल्ला समन्वय समितिको कार्यालय धुलिखेलबाट ८ लाख रुपैयाँ विनियोजन गरेका थिए । ८ लाख रुपैयाँ काम नै नगरी तत्कालीन वडाध्यक्ष तेमाल सिं तामाङसंगको मिलोमतोमा हिनामिना गरेको आरोप छ ।

    अख्तियारमा C-010654 दर्ता नम्बर रहेको उक्त उजुरी स्थानीय बासिन्दाले गरेको बताए । विगतमा समेत विवादास्पद छवि भएका पदम बहादुर तामाङ पटकपटक ठगि,  झै-झगडाको निहुँमा हिरासत बसेको समेत स्थानीयले बताए ।

    केन्द्रीय सरकार भ्रष्टचार विरुद्ध निर्मम हुदा त्यसको असर स्थानीय सरकारमा समेत परेको छ । हामीले ३ वर्ष अगाडिको फाइल किन खोलेको भनेर गरेको प्रश्नमा स्थानीय युवाहरूले आफुहरुले भ्रष्टचारलाई पुरानो र नयाँ नभनी गलत कदम विरुद्ध निर्मम भएर लागेको बताए ।

    साथै उनिहरुले पुर्व वडाध्यक्ष तेमाल सिं तामाङले विगतमा योजनाहरुको अध्यक्षसंगको मिलोमतो व्यापक भ्रष्टचार गरेको आरोप लगाएको छ । सडक,भवन, खानेपानी, भुकम्प पीडितको भवन निर्माण, नागरिकता सम्बन्धि, सार्वजनिक सडकमा व्यक्तिगत सेफ्टि ट्याङकी बनाएको विषयमा समेत सम्बन्धित निकायमा उजुरी गर्ने बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ११%७%२०%१%८%५%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट