आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेम्वाङ लोकतान्त्रिक आन्दोलनका उदाहरणीय नेता : उपप्रधानमन्त्री श्रेष्ठ


  • चौतारीपाटी
  • २०८० भाद्र २६, मंगलबार मा प्रकाशित १0 महिना अघि
  • ११४ पाठक संख्या
  • काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङको निधनबाट सिङ्गो राष्ट्र शोकाकुल भएको बताएका छन् ।

    महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रममा उनले सञ्चारकर्मीसँग नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका एक उदाहरणीय नेताको निधनबाट हामी सबै शोकाकुल भएको प्रतिक्रिया दिए ।

    उपप्रधानमन्त्री श्रेष्ठले भने, “नेपालको राजनीतिक तथा लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकामा नेम्वाङलाई नेपाली जनताले पुस्तौँ पुस्तासम्म स्मरण गरिरहनेछन् ।”

    क्जष्खबm ऋझभलत
    संविधानसभा अध्यक्ष नेम्वाङको निधनबाट नेपालको राजनीति, समाजलाई क्षति पुगेको उनले उल्लेख गरे । “उहाँ ९नेम्वाङ० संविधानबाट संविधान घोषणा गर्ने कुशल नेतामात्र हुनुहुन्थेन, उहाँ संसदीय अभ्यासमा सिद्धहस्त लोकतान्त्रिक नेतासमेत हुनुहुन्थ्यो”, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

    संसद्मा कुनै विषय जटिल बन्यो भने सबैले नेम्वाङको खोजी गर्ने गरेको स्मरण गर्दै उनले भने, “नेम्वाङले त्यसलाई निकास निकाल्नुहुन्थ्यो।”

    अनुचित लेनदेन वा मिटरव्याजीसम्बन्धी विधेयक संसद्मा जटिल अवस्थामा पुगेको अवस्थामा त्यसलाई संसद्बाट पारित गरेर कानुन बनाउने दिशातर्फ निर्णायक भूमिका खेल्ने काम नेम्वाङबाट नै भएको उनले स्मरण गरे । नेम्वाङको भूमिकाबिना मिटरबाजीसम्बन्धी कानुन पारित हुन सहज नभएको उनको भनाइ छ ।

    उनले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट