आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रधानमन्त्री प्रचण्ड मुुस्ताङमा


  • चौतारीपाटी
  • २०८० कार्तिक १, बुधबार मा प्रकाशित ९ महिना अघि
  • १५९ पाठक संख्या
  • प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुुस्ताङ आइपुग्नुुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायुु परिवर्तनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी हुुन उनले मुुस्ताङ आएका हुन् ।

    नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम आउनुुभएका प्रधानमन्त्री दाहाल कोरलानाका, गत साउनको बाढीले क्षति पुुगेको कागबेनीलगायत क्षेत्रको अनुुगमनमा आउनुुभएको मुुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। प्रधानमन्त्री दाहालले मुुस्ताङ भ्रमणका क्रममा कोरलानाका र गत साउनको बाढीले क्षति पुुगेको कागबेनीको हवाई निरीक्षण गर्ने कार्यक्रम छ । उनले हालै गर्नुभएको चीन भ्रमणका क्रममा मुस्ताङको कोरलालगायत १४ वटा व्यापारिक नाका सञ्चालन गर्ने सहमति भएको थियो ।

    चार वर्षदेखि बन्द रहेको कोरलानाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई चीन प्रवेशका लागि अनुुमतिपत्र वितरण गरिएको छ । प्रधानमन्त्री दाहालसमक्ष स्थानीयवासीले कालीगण्डकी नदीको कटान, उपल्लो मुुस्ताङको पाँचवटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्याबारे छलफल गर्ने कार्यक्रम तय भएको नेकपा (माओवादी केन्द्र) मुुस्ताङका इन्चार्ज कपिल लामाले बताए ।

    प्रधानमन्त्री दाहालसँगै वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो, गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिंखडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जाली, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायत यहाँ आउनुभएको छ ।

    जलवायुु परिवर्तनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री दाहालले आजै जोमसोममा ‘जनतासँग माओवादी रुपान्तरण अभियान’अन्तर्गत आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नुुहुने कार्यक्रम छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट