आज: २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024

सङ्घीयता कार्यान्वयनका विषयमा प्रधानमन्त्रीको छलफल


  • चौतारीपाटी
  • २०८० माघ २५, बिहिबार मा प्रकाशित ३ महिना अघि
  • ६० पाठक संख्या
  • काठमाडौँ  ।    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता साझेदार दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन।
    प्रधानमन्त्री निवास बालुवाटामा प्रधानमन्त्री दाहालले सङ्घीयता कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
    छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी(जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा)लगायत दलका नेताहरूको सहभागिता रहेको थियो ।
    राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्री अहिले काठमाडौँमा हुनुहुन्छ छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट