आज: २०८२ अषाढ २२, आईतबार | Sun, 06, Jul, 2025

सिडिओ कार्यालयले भन्यो, ‘चिमौरिया समुहले घोषणा गरेको विशेष महाधिवेशनले वैधानिकता पाउँदैन’


  • चौतारीपाटी
  • २०८० फागुन ६, आईतबार मा प्रकाशित १ साल अघि
  • १७९० पाठक संख्या
  • काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघलाई अनिर्णयको बन्दी बनाउनका लागि विभिन्न अवैधानिक गतिविधि गर्दै आएको उद्धव चिमौरिया समुहले घोषणा गरेको भनिएको विशेष महाधिवेशनले वैधानिकता नपाउने भएको छ ।

    ५/७ जना मान्छे जम्मा गरेर आइतबार चिमौरिया समुहले ६० दिनभित्र विशेष महाधिवेशन गरेर महासंघलाई निकास दिने दावी गरेको थियो । महासंघको विवादलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत रुपमा दर्ता गराएका चिमौरिया समुहको उक्त गतिविधिले कानुनी मान्यता नपाउने भएको हो ।

    ‘ख्रीष्टियन महासंघको विवाद हाम्रो कार्यालयमा विचाराधीन छ, उहाँहरुको विवाद समाधानका लागि छलफलमै छौँ’ जिल्ला प्रशासन कार्यालयका एकजना अधिकारी भन्छन्, ‘हाम्रो कार्यालयमा भएको विवाद औपचारिक रुपमा नटुंगिएसम्म बाहिर बाहिर भएका जुनसुकै गतिविधिले कानुनी मान्यता पाउँदैन ।’

    महासंघको विवाद अब जिल्ला प्रशासन कार्यालयले नै समाधान गर्ने समेत उनको दावी थियो । उनले थपे, ‘बाहिर के भएको छ, हामीलाई थाहा छैन, हामीले छलफलको प्रयास जारी राखेका छौँ, अहिले सहमति जुटिसकेको छैन ।’

    महासंघका अध्यक्ष चरी बहादुर गहतराज(सिबि) लाई अवैधानिक रुपमा कारबाही गरेको दावी गर्दै चिमौरिया समुहले महासंघलाई अनिर्णयको बन्दी बनाइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%२%२%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट