आज: २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

हात्तीको आक्रमणबाट मंगलबार सुनसरीको बराहक्षेत्र –५ सिमरवनका ६५ वर्षीय धनबहादुर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


  • चौतारीपाटी
  • २०७९ माघ ४, बुधबार मा प्रकाशित १ साल अघि
  • २३१ पाठक संख्या
  • सुनसरी
    हात्तीको आक्रमणबाट मंगलबार सुनसरीको बराहक्षेत्र –५ सिमरवनका ६५ वर्षीय धनबहादुर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार रामझोडास्थित जनजागृति सामुदायिक वनको पोखरी छेउमा घाँस काट्न गएको बेला हात्तीले टाउको किचेर मारेपछि सेउलाले छोपेको अवस्थामा माझीको शव फेला परेको थियो ।
    उक्त वनमा ५ हात्ती घुमफिर गरिरहेको स्थानीयले बताएका छन् । बराहक्षेत्रमा एक महिनादेखि हात्तीको आवागमन बढेको छ । एक महिनाअघि मात्र उक्त क्षेत्रमा एक मृत हात्ती फेला परेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट