आज: २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

खानेपानीको अनुज्ञापत्र दिन डेढ लाख घुस, खाद्य प्राविधिक रंगेहात पक्राउ


  • चौतारीपाटी
  • २०७९ माघ १३, शुक्रबार मा प्रकाशित १ साल अघि
  • २७२ पाठक संख्या
  • जारको खानेपानीको खाद्य अनुज्ञापत्र दिन डेढ लाख घुस लिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक कर्मचारी रंगेहात पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका आठौँ तहका खाद्य प्राविधिक योगेन्द्र ढुंगेललाई डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा विभाग कम्पाउन्डबाटै पक्राउ गरेको हो ।

    उनले जारको खानेपानीको खाद्य अनुज्ञापत्र दिन सेवाग्राहीसँग घुस लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

    घुस रकम लिएर विभाग कम्पाउन्डबाट बाहिर निस्किनै लाग्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । ढुंगेलविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट