आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दूधमा अनुदानपछि उत्पादन बढ्यो


  • चौतारीपाटी
  • २०८० श्रावण ३२, बिहिबार मा प्रकाशित ११ महिना अघि
  • १६२ पाठक संख्या
  • रुकुमपश्चिम   ।    पशु अस्पताल तथा पशुसेवा कार्यालयले दूधमा अनुदान दिन थालेपछि रुकुम पश्चिममा दूध उत्पादन बढेको छ । कार्यालयले दूध उत्पादक किसानलाई प्रतिलिटर रु पाँच अनुदान दिने गरेको छ ।
    आर्थिक वर्ष २०७९÷८० मा मात्रै जिल्लामा ५४ लाख ४४ हजार छ सय लिटर दूध उत्पादन भएको थियो । दूधमा प्रतिलिटर रु पाँचका दरले किसानलाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराइएपछि जिल्लामा दूध उत्पादन वृद्धि भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिए ।
    उनका अनुसार आव २०७९÷८० मा ४५ दलित, ४६ जनजाति र अन्य पाँच सय ४० गरेर छ सय ३१ किसानलाई दूधमा अनुदान दिइएको थियो । निवेदन दिएका छ सय ३१ किसानले अनुदान पाएको उक्त कार्यालयका निमित्त प्रमुख शर्माले जानकारी दिए । दूध बिक्री गरेका आधारमा किसानले रु आठ सय ७५ देखि रु ४५ हजारसम्म प्रोेत्साहन रकम पाएको उनको भनाइ थियो ।
    उक्त कार्यालयले दिने अनुदान रकम किसानको खातामा पठाउने गरिएकोे छ । अनुदान न्तरगत छ सय ३१ किसानले रु ३५ लाख ५८ हजार प्राप्त गरेका थिए । जिल्लामा उत्पादन भएको केही दूध जिल्ला सदरमुकाम खलङ्गा, सोलावाङलगायत स्थानीय बजारमा बिक्री हुने गरेको छ भने । बाँकी दूध रुकुमपूर्व, सल्यान, नेपालगञ्जमा समेत निकासी हुने गरेको छ ।
    जिल्लाको मुसिकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा किसानले राम्रैसँग दूध उत्पादन गर्दै आएका छन् । आठबिसकोट नगरपालिका र बाँँफीकोट गाउँपालिकामा भने कम दूध उत्पादन हुने गरेको निमित्त कार्यालय प्रमुख शर्माले बताउनुभयो ।
    दूध सङ्कलन केन्द्र, डेरी, पशु अस्पताल तथा पशुसेवा कार्यालयमा उपलब्ध विवरणअनुसार जिल्लामा  ५४ लाख ४४ हजार छ सय लिटर दूध उत्पादन भएको देखिन्छ । गाउँमै उत्पादन भएर गाउँमै खपत भएको रेकर्ड भने नभएकाले योभन्दा धेरै दूध जिल्लामा उत्पादन हुने गरेको कार्यालयको भनाइ छ ।
    किसानलाई दूधमा प्रोत्साहन उपलब्ध गराउँदा जिल्लामा अघिल्ला वर्षभन्दा दुई दशमलव ६३ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको पशु अस्पताल तथा पशुसेवा कार्यालयले जनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट