आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कञ्चनपुरमा डेंगी संक्रमणबाट युवकको मृत्यु


  • चौतारीपाटी
  • २०८० भाद्र १२, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • १५३ पाठक संख्या
  • कञ्चनपुर । डेंगी रोगको संक्रमणबाट कञ्चनपुरको बेलौरी नगरपालिका–८, पचुँइका २८ वर्षीय हिक्मत खत्रीको गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार खत्रीको उपचारका क्रममा कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो ।

    एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि परिवारजनले उपचारका लागि धनगढी लगेका थिए ।

    भारतमा डेंगीको संक्रमण भएको वा यहाँ फर्किएपछि भएको बारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए ।

    डेंगी सार्ने लामखुट्टेका लार्भा र फुल नष्ट गर्न वडामा विशेष अभियान सञ्चालनका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट