आज: २०८१ जेष्ठ १०, बिहिबार | Thu, 23, May, 2024

बैकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ


  • चौतारीपाटी
  • २०८० भाद्र १२, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • १५७ पाठक संख्या
  • काठमाडौ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएकोे छ ।
    नुवाकोट जिल्लाको साविक कबिलास गाबिस–७ हाल परिवर्तित पञ्चकन्या गाउँपालिका–२ स्थायी घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्दै आएका ३८ वर्षीय सन्तोष घलेलाई पक्राउ गरिएको उक्त कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
    उनका अनुसार बैंकिङ कसुर मुद्दामा काठमाडाँै जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका उनलाई प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१५ छाउनीबाट पक्राउ गरी आवश्यक कारबाही तथा अनुसन्धानका महाराजगञ्जस्थित प्रहरी वृत्तमा पठाइएको उक्त कार्यालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट