आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाल्पामा गुडिरहेको जीपमा ढुंगा खस्दा तीन जनाको मृत्यु


  • चौतारीपाटी
  • २०८० भाद्र १३, बुधबार मा प्रकाशित ११ महिना अघि
  • २०३ पाठक संख्या
  • पाल्पा । पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ।

    सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पहिरोसँगै ढुंगा खसे पछि भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो । सो घटनामा परी पाँच जना घाइते भएका छन् ।

    रिब्दीकोट गाउँपालिका–२ मा रहेको सो सडक मर्मत तथा विस्तार गर्ने कार्य भईरहेको थियो, साेही सडक खण्डमा माथीवाट झरेकाे ढुंगा जीपमा लागेकाे थियाे । घाइते पाँचजनाको पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । थप बिबरण आउन बाँकी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट