आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ


  • चौतारीपाटी
  • २०८० भाद्र १४, बिहिबार मा प्रकाशित ११ महिना अघि
  • २१९ पाठक संख्या
  • मकवानपुर । बागमती प्रदेशमा यही भदौको पहिलो साताभित्र ९३ प्रतिशत वर्षे धानको रोपाइँ सम्पन्न भएको छ ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए ।

    काठमाडौँ उपत्यकासहित तीन जिल्लामा शतप्रतिशत वर्षे धानको रोपाइँ किसानले सम्पन्न गरेको उनले बताए ।

    प्रदेशको १३ वटै जिल्लाको स्थानीय गाउँपालिका र नगरपालिकाको सहयोगमा खेतीयोग्य जमिनको माटोकोे अमिलोपनाको परीक्षण गर्न टोली खटाउने मन्त्रालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट