आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

हुम्ला आइपुग्यो चार हजार क्विन्टल खाद्यान्न


  • चौतारीपाटी
  • २०८० भाद्र १४, बिहिबार मा प्रकाशित ११ महिना अघि
  • २१५ पाठक संख्या
  • सिमकोट । काठमाडौँबाट केरुङ हुँदै हुम्लाका लागि आएको खाद्यान्न हिल्सा आइपुगेको छ । खाद्यान्न लोड भएका गाडीले केरुङबाट तिब्बती मार्ग हुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए ।

    हुम्लाका लागि खाद्यान्न बोकेका चालीस वटा गाडी हिल्सा आइपुगेको लिमिटेड सिमकोट शाखाले जनाएको छ । तीन दिन अगाडि खाद्यान्न लोड भएका चालिस गाडी काठमाडौँबाट छुटेका थिए ।

    खाद्यन्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यान्न पैदल मार्गबाट पठाएको हो । जिल्लामा खाद्यान्न समस्या देखिएका बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्वीन्टल खाद्यान्न हिल्सा आइपुग्ने लिमिटेड शाखाका प्रमुख कृष्ण अधिकारीले बताए ।

    खाद्यान्न अब सिमकोट ढुवानी गर्ने तयारी भइरहेको उनले बताए । उक्त खाद्यन्नमध्ये एक हजार क्विन्टल नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ बिक्री केन्द्रका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाका लागि ढुवानी हुनेछ । ती खाद्यान्न अघिल्लो आर्थिक वर्षको हो । खाद्यान्न सिमकोट पुगेलगत्तै सर्वसाधारणलाई बिक्री वितरण गरिने छ । तिब्बती मार्ग हुँदै आउने खाद्यान्न हवाई मार्गको खाद्यन्नभन्दा ढुवानीदर सस्तो पर्नेछ ।

    काठमाडौंँ, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुगेको खाद्यान्न प्रतिक्वीन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्विन्टल खाद्यान्न रु चार हजार आठ सय ढुवानी लाग्नेछ । जब कि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यन्नको भाडा प्रतिक्वीन्टल सोह्र हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रतिक्वीन्टल रु पन्द्र हजार पाँच सय लिमिटेडले तिर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट