आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान


  • चौतारीपाटी
  • २०८० भाद्र १५, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • १३० पाठक संख्या
  • काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

    यही ५ भदौमा बसेको न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा शर्माको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइका लागि उजुरी आह्वान गरिएको हो ।

    शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले शर्माविरुद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो । उनीविरुद्ध उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको छ ।

    सूचना प्रकाशित भएको मितिले १० दिनभित्र उजुरी दिन सकिनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट