आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा


  • चौतारीपाटी
  • २०८० भाद्र १७, आईतबार मा प्रकाशित १0 महिना अघि
  • ९६ पाठक संख्या
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगका अनुसार सो गाउँपालिका–२ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो ।

    निःशुल्क रुपमा दानपत्रमार्फत प्राप्त भएको जग्गालाई रु ६ लाख खरिद गरेको भनी देखाइ भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदी र तत्कालीन वडा नं २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट