आज: २०८० फागुन १५, मंगलबार | Tue, 27, Feb, 2024

पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी संकलन


  • चौतारीपाटी
  • २०८० भाद्र १९, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • १२५ पाठक संख्या
  • ताप्लेजुङ । पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा तीन करोड १९ लाख १६ हजार आठ सय रुपैयाँ भेटी संकलन भएको हो । नोट पैसा दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार चार सय तीन र भेटीवापतको भारु रु १० लाख ८४ हजार तीन सय संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

    समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आर्थिक वर्षमा भने दुई करोड १४ लाख भेटी संकलन भएको थियो । उनले समितिको कोषमा सात करोड ८८ लाख १० हजार दुई सय पाँच जम्मा रहेको बताए । पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ । यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको समितिका सदस्य पृथ्वी पालुङ्वा जानकारी दिए ।

    भेटीबाट संकलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन, फोहाेर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धारलगायत काम हुने गरेको क्षेत्र विकास समितिले जनाएको छ । समितिले संकलित  रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्यांकी बनाउने निर्णय पनि गरेको छ । सममितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा संकलन भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु