आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बालिका बलात्कार कसुरमा एक युवकलाई कैद र जरिवाना


  • चौतारीपाटी
  • २०८० भाद्र २०, बुधबार मा प्रकाशित १0 महिना अघि
  • १८६ पाठक संख्या
  • उदयपुर । उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई कैद र जरिबाना गर्ने फैसला गरेको छ ।

    अदालतले १८ वर्ष कैद र ६ लाख २० हजार रुपैयाँ जरिबाना गर्ने फैसला गरेको हो । आरोपी युवक बेलका नगरपालिका–५ बस्ने वर्ष १९ वर्षीय सुशान्त मगर हुन् ।

    जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजालासले मंगलबार सो सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज भट्टराईले बताए ।

    विस २०७८ फागुन १३ गते एक बालिकालाई मगरले जबरजस्ती गरेपछि भोलिपल्ट पीडितका आफन्तले रामपुरस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

    प्रहरीले तत्काल मगरलाई पक्राउ गरेर अनुसन्धानपछि चैत ८ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट