आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ


  • चौतारीपाटी
  • २०८० भाद्र २१, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • १२१ पाठक संख्या
  • ओखलढुङ्गा । ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

    एउटै साल एकै गाउँमा जन्मिएर ८३ औँ वर्ष सहकार्य गरेर छिमेकी दुई वृद्धबीच बुधबार बिहान ८ः३० बजे सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कदै गरेका अधिकारी कट्वालले धकेल्दा लडेर घाइते भएका थिए ।

    गम्भीर घाइते अधिकारीलाई उपचारको लागि अस्पताल ल्याइएकोमा अस्पताल पुर्याउना साथ अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।

    घटनामा संलग्न वृद्धलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । बुधबार साँझ पक्राउ परेका वृद्ध कटवाल प्रहरी हिरासतमा छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट