आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन दिइने छैन : महासचिव पोखरेल


  • चौतारीपाटी
  • २०८० भाद्र २५, सोमबार मा प्रकाशित १0 महिना अघि
  • ९५ पाठक संख्या
  • काठमाडौँ । नेकपा (एमाले) महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिस्ट पार्टी ९सिपिसी० का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच सोमबार भेटवार्ता भएको छ ।

    चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा रहेका महासचिव पोखरेलको सोमबार सिपिसीका विदेश विभाग प्रमुख लिउ जियनचाओबीच बेइजिङमा भेटवार्ता भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    सो अवसरमा महासचिव पोखरेलले आफूहरु एक चीनको पक्षमा दृढ रहेको उल्लेख गर्दै चीनविरोधी गतिविधि नेपालको भूमिबाट हुन नदिने बताए ।

    महासचिव पोखरेलले एमालेले असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको बताए । उनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच भएका सहमति कार्यान्वयनको पक्षमा एमाले रहेको भनाइ राखे ।

    चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध घनिष्ठ र सुमधुर रहेको उल्लेख गर्दै यस सम्बन्धलाई नयाँ उचाइमा लैजान चाहेको बताए ।

    उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएका सहमति कार्यन्वयनका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाए । विदेश विभाग प्रमुख लिउ जियनचाओले चीन सधैँ शान्ति, विकास र समृद्धिको पक्षमा रहँदै आएको स्पष्ट पारे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट