आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बैकुण्ठे तालमा डुबेर एक जनाको मृत्यु


  • चौतारीपाटी
  • २०८० आश्विन ७, आईतबार मा प्रकाशित १0 महिना अघि
  • १०४ पाठक संख्या
  • चितवन । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

    मृत्युहुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए । दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट