आज: २०८१ श्रावण ७, सोमबार | Mon, 22, Jul, 2024

उदयपुरमा डेङ्गु सङ्क्रमणबाट एकको मृत्यु


  • चौतारीपाटी
  • २०८० आश्विन ८, सोमबार मा प्रकाशित १0 महिना अघि
  • १७५ पाठक संख्या
  • गाईघाट  ।   उदयपुरको बेलका नगरपालिका–५ खारखोलाको एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेङ्गुको सङ्क्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिए ।
    गत सातादेखि डेङ्गु सङ्क्रमणबाट सिकिस्त बिरामी हुनुभएका लिम्बूलाई बेल्टार अस्पतालमा सामान्य उपचारपछि घरमै राखिएको थियो । घरमा रहँदा झनै सिकिस्त बन्दै गएपछि लिम्बूलाई शुक्रबार उपचारका लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालको आइसियुमा राखिएको थियो ।
    लिम्बूको उपचारकै क्रममा आइतबार बेलुकी मृत्यु भएको बेलका उनको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार साउन पहिलो हप्तादेखि उदयपुरमा डेङ्गु सङ्क्रमण देखा परेपछि हालसम्ममा तीनको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ भने झण्डै एक हजारको हाराहारीमा सङ्क्रमित भइसकेका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट