आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु


  • चौतारीपाटी
  • २०८० आश्विन १२, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • ११३ पाठक संख्या
  • नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युत्को खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो ।

    आज बिहान ६ः०० बजेको समयमा रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए । सोही क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।

    करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । उनलाई अस्पतालका डाक्टरले उपचारका क्रममा ६ः४० बजे मृत्यु भएको घोष्णा गरेको थियो । यादवलाई करेन्ट लागेको स्थानमा वाइफाइ तथा अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा रहेको स्थानीयको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट