आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

धानमा रोग लागेपछि किसान चिन्तित


  • चौतारीपाटी
  • २०८० आश्विन १२, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • १९५ पाठक संख्या
  • तुलसीपुर  ।   फल्ने समयमा धानमा रोग लागेपछि दाङका किसान चिन्तित बनेका छन् । कीराले पसाउने बेलामा बाला टुक्रा–टुक्रा बनाइदिने गरेको किसानको गुनासो छ ।
    “पहिले गोबारो कीरा लाग्यो, अहिले बालालाई काटेर टुक्रा–टुक्रा बनाउने रोग आएको छ”, तुलसीपुर उपमहानगरपालिका–७ निवासी किसान भागिरथ भण्डारीले भने, “यो कीरा साँझ, बिहानमात्रै देखिने गरेको छ ।” समयमा मल र बीउ नपाउँदा आजित भएका किसान पटक–पटक रोग लाग्दा चिन्तित बन्ने गरेका छन् ।
    कीरा लागेपछि दुई–तीनपटक औषधि छरे पनि त्यसले काम नगरेको तुलसीपुर–७ निवासी किसान धनिराम भुसालले बताए । एग्रोभेटबाट औषधि ल्याएर छर्केको उनको भनाइ छ । सो कीरालाई नियन्त्रण गर्न नसकिएमा धान उत्पादनमा गिरावट आउने उनले बताए ।
    अहिले वर्षा रोकिएपछि धानमा यस्तो समस्या देखिएको उपमहानगरपालिका कृषि महाशाखाका कृषि प्राविधिक रवि न्यौपानेले बताए । “सुरुमा खासै थिएन”, उनले भने, “बीचमा वर्षात् रोकिएपछि रोग देखापरेको हो ।”
    धानमा पातको फेद डडुवा, फड्के कीराजस्ता समस्या देखिएको उनको भनाइ छ । किसानले पनि नियमित रेखदेख नगर्दा समस्या भएको उनको भनाइ छ । अहिले उक्त रोग नियन्त्रण गर्नका लागि रासायनिक विषादीको सिफारिस गरिएको र किसानले त्यहीअनुसार प्रयोग गर्ने गरेको उनको भनाइ छ । दाङका सबैजसो ठाउँमा यस्तो समस्या देखिएको उनले बताए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट