आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध


  • चौतारीपाटी
  • २०८० आश्विन १७, बुधबार मा प्रकाशित ९ महिना अघि
  • ६१ पाठक संख्या
  • मकवानपुर । गए राति परेको वर्षासँगै आएको पहिराका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने दुईवटा सडकखण्ड आज बिहानैबाट यातायात अवरुद्ध भएका छन् ।

    पहिराका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्डअन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडास्थित पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

    यसैगरी पहिराका कारण कुलेखानी–सिस्नेरी सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ । ती दुवै सडकखण्डमा गएको पहिरो आज अपराह्नमा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । उक्त सडकखण्ड हुँदै चल्ने सवारीसाधन वैकल्पिक सडकबाट सञ्चालन गर्न प्रहरी नायब उपरीक्षक भण्डारीले आग्रह गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट