आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बाढीले अस्थायी पुल र सडकमा क्षति


  • चौतारीपाटी
  • २०८० आश्विन १७, बुधबार मा प्रकाशित ९ महिना अघि
  • १३७ पाठक संख्या
  • सिन्धुपाल्चोक ।  लगातारको वर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ । बाढीले केही दिनअघि मात्र मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो ।

    पुलमा क्षति पुर्याएपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन् । वर्षा रोकिएपछि तत्काल मर्मत थालिने मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताए ।

    त्यस्तै बाढीले हेलम्बुमा चनौटे–इचोक सडक बगाउँदा यातायात अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।
    –––

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट