आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तनहुँको अत्रौलीमा भारी वर्षा, सतर्क रहन आग्रह


  • चौतारीपाटी
  • २०८० आश्विन १७, बुधबार मा प्रकाशित ९ महिना अघि
  • ८६ पाठक संख्या
  • दमौली    ।    तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौलीमा भारी वर्षा भएको छ । मङ्गलबारदेखि निरन्तर परेको वर्षाका कारण पछिल्लो २४ घण्टामा अत्रौलीमा अत्यधिक वर्षा भएको हो ।
    जल तथा मौसमविज्ञ विभाग बाढी पूर्वानुमान महाशाखाले यस ठाउँमा अत्यधिक वर्षा भएपछि सतर्क रहन आग्रह गरेको छ । वर्षाका कारण नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आसपासका सर्वसाधारणलाई आग्रह गरिएको छ ।  उक्त ठाउँमा पछिल्लो २४ घण्टाको अवधिमा १४७।८ मिलिलिटर वर्षा भएको छ । यो खतराको तह मानिन्छ । विभागले आज तनहुँको बन्दीपुरस्थित मस्र्याङ्दी, दमौलीस्थित सेती नदीमा उल्लेख्य पानीको बहाव बढ्ने जनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट