आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अवरुद्ध लोकमार्ग एकतर्फी खुल्यो, कोरिडोर अझै ठप्प


  • चौतारीपाटी
  • २०८० आश्विन १८, बिहिबार मा प्रकाशित ९ महिना अघि
  • १०० पाठक संख्या
  • ढोरपाटन । दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । निरन्तर वर्षाको कारण सडक माथिदेखि खसेको पहिरोले लोकमार्गअन्तर्गत बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको निसीखोला गाउँपालिका–१ पाखुतेमा अवरुद्ध भएको थियो ।

    मङ्गलबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म पनि दुईतर्फी सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । सडकमा ठूलो पहिरो झरेका कारण दुईतर्फी खुलाउन नसकेको उनको भनाइ छ ।

    अहिले पनि दुईतर्फी सञ्चालनका लागि मेसिन प्रयोग गरेर काम गरिरहेको केसीले जानकारी दिए । आज दिउँसोसम्म पूर्णरुपमा सञ्चालनमा आउने उनको भनाइ छ । सडक ठप्प भएपछि अलपत्र परेका यात्रु तथा सवारी साधन गन्तव्यतर्फ लाग्न थालेको प्रहरी नायब उपरीक्षक केसीले बताए ।

    काठमाडौँ, पोखरादेखि पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम र रोल्पा जाने सवारी साधान पनि सडकमा रोकिएका थिए ।

    यता पहिरोले अवरुद्ध बनेको कालिगण्डकी कोरिडोर अहिलेसम्म सञ्चालनमा आएको छैन । मङ्गलबार कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा माथिदेखि खसेको लेदोसहितको पहिरोले सडक पूर्णरुपमा ठप्प भएको थियो ।

    अहिले बागलुङ नगरपालिकाको डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास गरेको केसीले जानकारी दिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट