आज: २०८० मंसिर १८, सोमबार | Mon, 04, Dec, 2023

शिशु जन्माउन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार


  • चौतारीपाटी
  • २०८० आश्विन १८, बिहिबार मा प्रकाशित २ महिना अघि
  • ७७ पाठक संख्या
  • सिमिकोट (हुम्ला)   ।   हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर  थला परेकी महिलालाई सत्र घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
        व्यथा लागेर थला पर्नुभएकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल ९पाण्डे०लाई हेलिकोप्टरबाट उद्धार गरेर कालागाउँस्थित सुर्खेत प्रदेश अस्पतालमा बिहीबार बिहान पु¥याइएको सोही गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख हङ्सबहादुर महताराले बताए । आमा र शिशुको ज्यान बचाउन विभिन्न निकायमा पहल गरी आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो । पाण्डेको गर्भमा रहेको शिशुको यसै महिनाको २० गतेका लागि समय तोकिएको थियो ।
         व्यथा लागेपछि श्रीनगर स्वास्थ्यचौकीमा भर्ना हुनुभएकी उनको जटिलस्थिति  (ब्रिज प्रिजेन्टेसन) भएकाले बुधबार नै रिफर गरिए पनि यातायातको साधनको अभाबमा बिहीबार बिहान मात्र सुर्खेत पु¥याइएको उनको भनाइ थियोे ।
    पाण्डेको उद्धारका लागि प्रयोग भएको नेपाली सेनाको हेलिकोप्टर खर्च सङ्घीय सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धारकार्यक्रमबाट ब्यहोरिने भएको छ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट