आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

माडीमा जंगली हात्तीको आतंक


  • चौतारीपाटी
  • २०८० आश्विन १९, शुक्रबार मा प्रकाशित ९ महिना अघि
  • ४१३ पाठक संख्या
  • चितवन । चितवनको माडी क्षेत्रमा जंगली हात्तीले दुःख दिन थालेका छन् । माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका हात्तीले स्थानीयलाई दुःख दिन थालेका हुन् । निकुञ्जबाट निस्किएका दुई हात्तीले स्थानीयलाई दुःख दिएका छन् ।

    विगत तीन दिनदेखि हात्तीको आतंकले स्थानीय रातभरि जाग्राम बस्नुपरेको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटाले बताए । दुई ट्याक्टर, एउटा जीपलगायत साधनको सहायताले हात्ती लखेट्ने काम भइरहेको उनले जानकारी दिए ।सापकोटाले भने, “विगत एक सातादेखि माडी क्षेत्रमा जंगली हात्तीको आतंक छ । यसलाई नियन्त्रणमा लिन सकिएको छैन ।”

    असोज १४ गते हात्तीले एकजनालाई आक्रमण गरेको र उनको उपचार भइरहेको उनले बताए ।धान पसाउने समयमा हात्तीको आतंकले माडीवासी त्रसित छन् । हात्ती नियन्त्रणका लागि निकुञ्जले नेपाली सेनाका अधिकृतको नेतृत्वमा टोली नै खटाएको छ । टोली पठाए पनि स्थान परिवर्तन गर्दै निस्कने गर्दा हात्तीले धानबालीमा क्षति पुर्‍याएको सापकोटाले बताए ।

    अयोध्यापुरी र गर्दीमा हात्तीको आतंक बढी छ । निकुञ्जनजिक जोडिएको क्षेत्रमा जंगली हात्तीले दुःख दिएको हो ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार माडी क्षेत्रमा जंगली हात्तीले स्थानीयलाई समस्या बनाएको हो । उनले भने, “सम्साँझै हात्ती बस्तीमा पस्ने गरेको छ । यसले स्थानीय त्रसित बनेका छन् ।”निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती सामुदायिक वनका उपभोक्ता र स्थानीयले हात्ती धपाउने काम गरिरहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट