आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

हल्का वर्षाको सम्भावना


  • चौतारीपाटी
  • २०८० आश्विन १९, शुक्रबार मा प्रकाशित ९ महिना अघि
  • २२६ पाठक संख्या
  • काठमाडौँ । नेपालमा हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । त्यही कारणले बदली र वर्षा भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहिरहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट