आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जनतासँग जोडिन र निरासा हटाउन समाजवादी जागरण अभियान : अध्यक्ष नेपाल


  • चौतारीपाटी
  • २०८० आश्विन १९, शुक्रबार मा प्रकाशित ९ महिना अघि
  • २०१ पाठक संख्या
  • मनहरी (मकवानपुर)    ।    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतासँग जोडिन र निरासा हटाउन समाजवादी जागरण अभियान सुरु गरिएको बताएका छन् ।
    सरकारले नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि काम गर्नुपर्ने भन्दै अध्यक्ष नेपालले गाँउ(गाँउमा कृषि क्रान्तिको अभियान लिएर अघि बढन कार्यकर्तालाई आह्वान गरे ।
    शुक्रबार हेटौंडामा आयोजित समाजवादी जागरण अभियान अन्तर्गतको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताका समस्या समाधान गर्न सरकारले काम गरिरहेको बताए । उनले ढिला सुस्ती र भ्रष्टाचार अन्त्य गर्न सके मात्रै जनताले न्याय पाउने भनाइ राख्नुभयो । जनताको मनोबल उच्च नभए समाजको विकास नहुने भन्दै उनले सरकारले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औल्याए ।
    जनतामा जानका लागि पार्टीको नाम मात्र नभई महाअभियान जरुरी रहेको उनको भनाइ छ । अध्यक्ष नेपालले रोजगारी, समृद्धि र सुशासनको नाराका साथ आम नागरिकमा देशको वर्तमान अवस्था, आगामी दिनमा पार्टीले लिने रणनीति, कार्यदिशा लगायतका विषयमा जानकारी गराउन अभियान सञ्चालन गरिएको स्पष्ट पारे । उनले जनतासँग स्थापित हुन आफूहरु घर–घरमा आएको बताए ।
    जनता आवास कार्यक्रम, काठमाडौँ(निजगढ दु्रतमार्गको योजना तथा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका योजना आफू प्रधानमन्त्री हुँदा ल्याएको भन्दै बताए । जागरण अभियानले पार्टी बलियो बन्नेमा विश्वास गर्दै उनले कार्यकर्तालाई सबैमा आशा जगाएर अघि बढ्न आग्रह गरे ।
    सो अवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अभियानले पार्टीलाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । जनताका आधारभूत मुद्दाहरु सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले दैनिक विदेश पलायन हुने युवाहरुको लहरलाई रोक्नुपर्नेमा जोड दिए ।
    पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य विरोध खतिवडा, सचिव रामकुमारी झाँक्री, पार्टी बागमती प्रदेश अध्यक्ष सावित्रा भुषाल, बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहाललगायतका नेताहरुको उपस्थिति थियो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट