आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अभिभावक पढाउँदै रोङ गाउँपालिका


  • चौतारीपाटी
  • २०८० आश्विन २२, सोमबार मा प्रकाशित ९ महिना अघि
  • १४५ पाठक संख्या
  • मङ्गलबारे । अधिकांश विद्यालयमा विद्यार्थी पढाइन्छ तर बिद्यालय जाने विद्यार्थीका अभिभावकलाई नै पढाइएको भन्ने कुरा कमै मात्रामा देख्न र सुन्न पाइन्छ । इलामको रोङ गाउँपालिकाले अब विद्यालय जाने विद्यार्थीका अभिभावकलाई समेत पढाउने भएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने अभिभावकलाई शिक्षा दिने उद्देश्यले उक्त गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अघि बढाइएको छ ।

    त्यसका लागि सहजकर्ता नियुक्त गर्न सात दिने सूचना जारी गरिसकिएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिए । अभिभावक शिक्षालाई प्रभावकारी बनाउन कार्यपालिकाको बैठकले अभिभावक शिक्षा सञ्चालन कार्यविधि समेत स्वीकृत गरिसकेको उनको भनाइ थियो ।

    सोही कार्यविधिअनुसार सहजकर्ताका लागि आवेदन आह्वान गरिएकामा १५ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरुलाई चाँडै तालिमको व्यवस्थापन गरिने गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए । तालिमपछि सचेतनामूलक कार्यक्रम अघि बढाइने उनको भनाइ थियो । शिक्षाको गुणस्तर सुधारका लागि अभिभावकको भूमिका महत्वपूर्ण रहने भएकाले अभिभावक शिक्षा लागू गर्न लागिएको अध्यक्ष स्याङ्बोले बताए ।

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा दिवसकै दिन अभिभावक शिक्षा लागू गर्ने घोषणा गरिएकामा गाउँपालिकाले अभिभावकलाई विद्यालयमै बोलाएर पढाउने योजनाअनुसार महिनाको एक दिन विद्यालयमै ल्याएर पढाइने भएको छ  । त्यसदिन कक्षा आठभन्दा माथिका विद्यार्थीले भने घरमा बसेर अभिभावकले गर्ने काम गर्नुपर्ने हुन्छ ।

    “महिनामा एक दिन अभिभावकलाई शिक्षा सुधारमा अभिभावकको भूमिका, शिक्षाको महत्व, बाल स्याहार, बाल विकास, शिक्षा र संस्कारजस्ता विषयमा जानकारी दिलाउँछौँ,”अध्यक्ष स्याङ्बोले भने । विद्यार्थीलाई त्यस दिन घरको काम लगाउँदा व्यावहारिक ज्ञान पाउँछन् भन्ने बुझाइले सो कार्यक्रम अडागी बढाइएको जनाइएको छ ।

    यसअघि शिक्षकले अनिवार्य कम्प्युटर चलाउन जान्नुपर्ने भन्दै गाउँपालिकाले विद्यालयलाई कम्प्युटर खरिद गरेर उपलब्ध गराइसकेको छ । आफूले विद्यालयमा पढ्दा बुबा–आमाले कति दुःख गर्दा रहेछन् भन्ने बुझ्न सक्ने अपेक्षा गरिएको छ । यो कार्यक्रम लागू भएपछि जानाजान अभिभावक शिक्षामा सहभागी नभए उनीहरूलाई वडाबाट हुने सम्पूर्ण सिफारिस रोक्ने पनि कार्यविधिमा उल्लेख छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट